नेपालगञ्ज उपमहानगरपालिकामा जादा शरीर नै ‘सेनिटाइज’

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा जाने सेवाग्राहीको शरीर नै सेनिटाइज हुने भएको छ ।
कोरोनाको त्रासका बीच उपमहानगरपालिकाले कार्यालयभित्र प्रवेश गर्नेहरुको शरीर नै सेनिटाइज गर्ने व्यवस्था मिलाएको हो । कार्यालयको ढोकामा राखिएको सेनिटाइजर टनेलले कार्यालयभित्र प्रवेश गर्ने व्यक्तिको शरीर नै सेनिटाइज गर्ने कार्यालयका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।
कोरोनाको जोखिम न्यूनीकरणको लागि ५ नम्बर प्रदेशमै नेपालगञ्जले उत्कृष्ट कार्य गरिरहेको छ । अहिलेसम्म कार्यालयले सेवाग्राहीको ज्वरो नाप्ने र सेनिटाइजरले हात धुने व्यवस्था मिलाएको थियो । अब कार्यालयमा आउने सेवाग्राहीको पुरै शरीर नै सेनिटाइज हुनेछ ।
कार्यालयले ढोकामा राख्न थालेको सेनिटाइजर टनेलको सोमबार एक कार्यक्रमका बीचमा उद्घाटन हुने चन्दले जानकारी दिनुभयो । यद्यपि सेनिटाइजर टनेलको ढोकामा राखेर परीक्षण गरिसकिएको छ । मेयर डा. धवलशमशेर राणाले त्यसको निरीक्षण गरिसक्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !