अब सामाजिक दुरी कायम गरेर विकासको काम
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाले विकास निर्माणका कामलाई सामाजिक दुरी कायम गरेर अगाडि बढाउने निर्णय गरेको छ ।
गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसका कारण अवरुद्ध भएका ठूला विकास निर्माणका कामलाई सामाजिक दुरी कायम गरेर अगाडि बढाउने निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भन्नुभयो, ‘अहिलेसम्म विकास निर्माणका सबै काम ठप्प भएको स्थिति छ । अब सामाजिक दुरी कायम गरी सुरक्षा सतर्कताका अपनाएर अगाडि बढाउने निर्णय गरेका छौं । जिल्ला समन्वय समितिसँग समन्वय गरेर अघि बढ्छौं ।’
बैठकले राहत प्राप्त गर्ने अति गरीव तथा विपन्नको तथ्यांक इन्ट्री गर्ने र वडा कार्यालयमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ । बैठकले अहिलेसम्म वितरण गरेको राहत तथा काम कारबाहीको समीक्षा गरेको थियो ।