भीडभाड कम गर्न छोडियो थुनुवा
नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय, बाँकेको थुनुवा कक्षमा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका बन्दीलाई हाजिरी जमानीमा छाडिएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले अहिलेसम्म २१ जनालाई छोडिसकेको जानकारी दिनुभयो । प्रवक्ता सिंहका अनुसार, सामान्य मुद्दा चलेकालाई हाजिरी जमानीमा छोडिएको छ । जिप्रकाको हिरासतमा अहिले अझै २८ जना रहेका छन् । यी जघन्य अपराधका हुन् ।
महान्यायाधीवक्ताको कार्यालयले सामान्य मुद्दाका थुनुवालाई हाजिरी जमानीमा छोड्न सकिने नीति अघि सारेको छ ।