साबुन र मास्क वितरण
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, पुरैनीले वडाभित्रका सबै बस्तीहरुमा मास्क र साबुन बितरण गरेको छ ।
उपस्वास्थ्य चौकी पुरैनीले महिला स्वयंसेविका र कर्मचारीलाई खटाएर प्रत्येक घरधुरीमा पुगेर मास्क र साबुन वितरण गरेको हो ।
वडा अध्यक्ष बिद्याराम बर्माले स्थानीय महिला स्वयंसेविका तथा कर्मचारीलाई साबुन तथा मास्क हस्तान्तरण गरेपछि वडा भित्रका सबै बस्तीहरुमा वितरण गरिएको हो । स्वास्थ्य चौकी पुरैनीका प्रमुख सरोजकुमार मिश्राका अनुसार, स्वयंसेवकमार्फत वडाको किंगरियनपूर्वा नहरपूर्वा, पुरैनी, खल्वापुरैनी, जोधापूर्वा, पुरैनी बिर्ता, लोनियनपूर्वा, प्रगतीटोल र शाहपूर्वा बस्तीहरुमा वितरण गरिएको छ । यसअघि वडा कार्यालयले जनचेतनाको लागि सबै बस्तीहरुमा ब्यानर, पम्पलेट तथा माइकिङ गरिएको छ ।