कोरोनाले सुकाएको होली पसल

नेपालगञ्ज – सधैंझै यसपाली पनि सडकमा होलीको पसल लागेको छ । पसलेहरु बाटो हिड्ने मान्छेलाई यता आउनुस्, यता आउनुस् भन्दै छन् । तर, विगतको झै उत्साहका साथ अबिर (रंग) किनेको देखिदैन ।
त्रिभुवनचोक आसपासमा लाग्ने होलीको पसलमा ग्राहक नआएपछि चिन्तित देखिएका पसलेहरु यसपाली कोरोनाले व्यापार डुवायो भन्दै छन् । सरकार, स्थानीय प्रशासन, पार्टी, पत्रकार महासंघलगायत संघ संस्थाले होली नखेल्न सुझाव दिएपछि नेपालगञ्जमा होलीको उल्लास देखिएको छैन । होली नखेलिएपछि त्रिभुवनचोकको होली पसलको रौनक बढ्ने कुरै भएन । पसले ताम्बे लखेर भन्नुहुन्छ, ‘यसपाली व्यापार नै भएन । पहिला सामान दिन भ्याइ नभ्याई हुन्थ्यो । अहिले सन्नाटा भइरहेको छ ।’


नेपालगञ्जको त्रिभुवनचोकमा वर्षौदेखि होलीमा सडकको बीचमा पसल लाग्छ । विशेष विशेष चाडबाडमा लाग्ने यो पसलको रौनक बेग्लै हुने गर्दछ । सडकको बीचमा पसल लाग्दा चाडबाड आएको सम्झना गराउँछ ।


कोरोना भाइरसको डरले भीडभाड नगर्ने भनिएपछि होली लेखिएको पाइदैन । यसपाली सडकमा नभई सामाजिक सञ्जालमा मात्रै होली खेलेको देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !