पत्रकारले होली नखेल्ने

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँकेले यसपाली होली मिलन कार्यक्रम नगर्ने भएको छ ।
महासंघका सचिव तिलक गाउँलेले विज्ञप्ती निकालेर यसपाली होली नखेल्ने बताउनु भएको हो । प्रदेश सरकार, जिल्ला प्रशासन, नेपाल कम्युनिष्ट पार्टी, बाँकेलगायतले भीडभाडमा नजान, होली नखेल्न आग्रह गरिसकेका छन् ।
महासंघले विज्ञप्तीमा भनेको छ, ‘बिश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो अबस्थामा रहेको र प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय बाँकेले समेत भिडभाड हुने कुनै पनि कार्यक्रमहरु नगर्नका लागी अनुरोध गरेको हुँदा होली पर्वमा रंग छ्याप्ने, अबिर दल्ने, लोला छ्याप्ने लगायतका कार्यबाट समेत कोरोनाको संक्रमण थप जोखिमपूर्ण हुने अबस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको तर्फबाट हुँदै आइरहेको होली मिलन कार्यक्रम यस बर्ष हुन नसक्ने अवगत गराउन चाहान्छौ ।’
यसैबीच, प्रहरी र नेपालगञ्ज बहुमुखी क्याम्पस (एनएमसी) ले कोरोना सम्बन्धी जानकारी दिदै होली नखेल्न आग्रह गरेको छ । कोरोनाबाट बच्न सार्वजनिक स्थलमा होली नखेलौ भन्दै प्रहरी र विद्यार्थीले हिडेका हुन् । सो अवसरमा होली नखेलौ भन्ने टिसर्ट बाँडिएको थियो ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेपालगञ्ज नाका, विमानस्थलमा जाँचको व्यवस्था मिलाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !