बैश्य समाजमा चुनाव, नन्दलाल बने अध्यक्ष

नेपालगञ्ज – कसौंधन बैश्य समाजमा नन्दलाल बैश्य विजयी भएका छन् ।
समाजको नेतृत्वका लागि नन्दलालसँगै रामलखन बैश्य र रमारानी बैश्यले प्रतिस्पर्धा गरेका थिए । नन्दलालले ४ सय ६१ मत ल्याएर चुनाव जित्दा रामलखनले ४ सय ९ र रमारानीले २ सय ९१ मत ल्याएका छन् ।
नन्दलाल र रामलखन प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा आएका थिए । आठ सदस्यमा नन्दलालको प्यानलबाट पाँच जनाले चुनाव जितेका छन् । कृष्णगोपाल गुप्ता, रामकुमार बैश्य, सत्यनारायण बैश्य, गोलीनाथ बैश्य, रामकुमारी गुप्ता, सन्तोष बैश्य, डा. पंकज गुप्ता र सन्तोष बैश्यले चुनाव जितेका छन् । सदस्यमध्येबाट पदाधिकारी छनौट गरिनेछ ।
नेपालगञ्जको रैथाने समुदाय मानिने बैश्य समाजमा एक हजार सात सय ६ जना सदस्य छन् । त्यसमध्येमा एक हजार दुई सय ८ मत खसेको थियो । यद्यपि, नेपालगञ्जमा कसौधन बैश्य समुदायको ६ हजार बढी घरपरिवार रहेका छन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको निवर्तमान अध्यक्ष, केन्द्रीय सदस्यका लागि सिफारिस भइसकेका नन्दलाल बैश्य समाजमा चुनाव लड्दा विरोधी खेमाले आलोचनात्मक प्रचार बढी गरेपनि पराजित गर्न असफल भएको नन्दलालनिकटहरु बताउँछन् । नन्दलालले भन्नुभयो, ‘विगतमा अरुलाई नेतृत्व दिदै आए । यसपाली आफैले समाजका लागि केही गरौं भनेर नेतृत्वमा आएको छु ।’


error: यो सुविधा उपलब्ध छैन !