कोरोना भाइरस : आत्तिने होइन, सावधानी अपनाऊ

नेपालगञ्ज – कोरोना भाइरसको त्रासले हामी निकै आत्तिएका छौ । कहिले बिद्यालय बन्द गरौ भन्छौ, कहिले यातायात बन्द गरौ भन्छौ, कहिले हवाई उडान बन्दका कुरा गर्छौ । खासमा हामी आत्तिएर केही हुँदैन, आत्तिनु भन्दा सावधानी अपनाउनतिर लाग्नु पर्छ ।
यो भाइरस नजिकैको छिमेकी चीनबाट संसारभरि फैलिएको छ । विश्वलाई तरंगित गराएको छ । कोरोनाको हल्लाले सावधानी अपनाउन पनि सघाउ पुर्याएको छ । उता, हल्लैहल्लाले गर्दा हाम्रो बजारमा मास्कको कालोबजारी भएको समाचार आएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस भाइरसको एउटा समूह हो, जसले सामान्य रुघा लाग्नेदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउन सक्छ । जवानरबाट मानिसमा यस्तो भाइरस सर्न सक्छ । यो भाइरसको संक्रमण हुँदा मानिसमा श्वासप्रश्वासको समस्या देखिने गर्छ । यो संक्रमण भएपछि मानिसमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने र निमोनियाको संक्रमण हुनसक्छ ।
चीनलगायत थुप्रै देशमा कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइसकेका छन् । चीनबाहेक अन्य ७० बढी मुलुकमा कोरोना भाइरस देखिएको छ भने यो भाइरस युरोप र अमेरिकासम्म पनि फैलिएको छ । चीनको वुआन प्रान्तको समुन्द्री खाना पाउने बजारबाट उत्पन्न भएको भनिएको कोरोना भाइरसले संसारभर महामारी त्रास जन्माएको छ । समय समयमा स्वान फ्लू, बर्ड फ्लू , जिका भाइरस, झाडापखाला, हैजाजस्ता थुप्रै रोगहरुले महामारीको रुप लिएको घटना संसारभरी फैलिने गर्दछ ।
अहिले देखिएको कोरोनाले मानिसमा ठूलो डर उत्पन्न गरेको छ । यसलाई हामीले डरको रुपमा नहेरेर विभिन्न सावधानीहरु अपनाउनु पर्छ । मानिसले आफ्नो आत्मबल कमजोर हुन दिनु हुँदैन । सर्दी रुघाखोकी लाग्यो भन्दैमा कोरोना नै हो भनेर आतिनु हुँदैन र कोरोना लागेर सबै मरेका पनि छैनन्, संक्रमणमा परेका निकै कम मानिसको ज्यान गएको छ । त्यसैले हामीले सामान्य जीवन झै दिनचर्या गर्ने र अलि सजक भयौ भने यो संक्रमण हुने संभावना न्यून हुन्छ । हामी पनि बाँचौ र अरुलाई पनि बचाऊ, डर भन्दा पनि हामी सजक बनौ ।


error: यो सुविधा उपलब्ध छैन !