१५ हजारले गर्लान् नविकरण ?

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघले बाणिज्यतर्फको व्यवसायिक फर्म नविकरणका लागि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा हेल्प डेस्क राखेको छ ।
सरकारले नविकरण खुल्ला गरेपछि बाणिज्य कार्यालयमा भीडभाड र व्यवसायीहरु अलमलमा पर्न सक्ने भन्दै संघले हेल्प डेस्क राखेर आफ्ना कर्मचारी खटाएको हो । बाँकेमा १५ हजार बढीले नविकरणको फाइदा लिदैछन् ।
बाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेलका अनुसार, ३२ हजार फर्म रहेकोमा तीन हजार खारेज भएर २९ हजार छन् । त्यसमध्येमा १५ हजार नविकरण हुन बाँकी छन् । २०७४ बैशाखदेखि असार मसान्तसम्म यस्तै सुविधा दिइएको थियो । त्यतिबेला एक हजार ६ सय ४ जनाले नविकरण गरेका थिए । त्यसपछि अहिले नविकरणको मौका दिइएको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारले नविकरण खुल्ला गरेर व्यवसायीहरुको मीरमर्का बुझेको र त्यसमा आफूले निरन्तर प्रयास गरेको बताउनुभयो । ‘हामीले कुरा होइन, काम गरेर देखाउँछौं, व्यवसायीको हितमा यो पनि एउटा काम भएको छ, अध्यक्ष मन्सुरीले भन्नुभयो, दुई वर्षदेखि नविकरण गर्न नपाएर बसेका व्यवसायीहरुको फाइदा लिनेछन् ।’
संघका पूर्वअध्यक्ष नन्दलाल बैश्य, महासचिव चिरञ्जीवी ओलीले ठूलो संख्याका व्यापारीलाई राहत मिलेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !