चैत्र ६ देखि एसइइ

नेपालगञ्ज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत्र ६ गतेदेखि माध्यमिक परीक्षा (एसइइ) हुने जनाएको छ ।
मन्त्रालयले शुक्रबार प्रकाशित गरेको विज्ञप्तीमा कक्षा १ देखि ९ कक्षासम्मका परीक्षा चैत्र ५ गते सम्पन्न गरिसक्न र ६ गतेदेखि लागु हुने गरी एसइइको परीक्षा यथावत रुपमा सञ्चालन हुने उल्लेख गरिएको छ ।
कोरोनाका कारण एसइइ स्थगित भएको हल्ला चलेपछि मन्त्रालयले विज्ञप्ती निकालेर त्यसलाई चिरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘मन्त्रालयले स्थितिको नियमित रुपमा समीक्षा र विश्लेषण गरिरहेको छ । आवश्यकता एवं औचित्यका आधारमा थप निर्णय भएमा यस मन्त्रालय र अन्तर्गतका निकायका आधिकारिक वेभसाइटमार्फत एवं सार्वजनिक सञ्चार माध्यमद्वारा त्यस्तो सूचना शीघ्र सम्प्रेषण गरिने व्यहोरा पनि यसै विज्ञप्तीद्वारा जानकारी गराइन्छ ।’


error: यो सुविधा उपलब्ध छैन !