रोकियो सडक खाना महोत्सव
नेपालगञ्ज – नेपालगञ्जमा हुने भनिएको सडक खाना महोत्व स्थगित भएको छ ।
सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ठूला सभा सम्मेलन, भोजभतेर नगर्न निर्देशन दिएसँगै फाल्गुन २३ देखि २५ गतेसम्म हुन थालेको सडक खाना महोत्सव केही दिनका लागि स्थगित गरिएको होटल अर्गनाइजेशन बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो ।
होटल अर्गनाइजेशन बाँकेले धम्बोझीमा सडक खाना महोत्सव गर्ने तयारी गर्दा स्थानीय प्रशासनले त्यहाँ गर्न दिइरहेको थिएन । आयोजकले अर्को ठाउँ खोज्दै थिए । यही बेला सरकारले ठूला सभा सम्मेलन, भोजभतेर नगर्न भनेपछि सडक खाना महोत्सव स्थगित गरिएको छ ।
सडक खाना महोत्सव गरेर नेपालगञ्जका विभिन्न धर्म, सम्प्रदायका मौलिक खानाहरुको स्टल राखेर बजारीकरण तथा प्रवद्र्धन गर्ने आयोजकको तयारी थियो । साँझ ६ देखि १० बजेसम्म भब्य लाईट, टेन्टसहितको व्यवस्था गरेर महोत्सव गरिदै थियो । महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढी स्टल समावेश गर्ने तयारी गरिएको थियो ।