क्यान इन्फोटेकमा ३० करोडको कारोबार होला ?

नेपालगञ्ज – क्यान इन्फोटेकको तयारी पूरा भएको छ । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) बाँकेले फाल्गुन २० देखि २४ गतेसम्म ‘प्रभु पे क्यान इन्फोटेक इन एशोसियसन विथ ओल्र्ड लिंक’ आयोजना गर्दैछ ।
९० वटा प्रदर्शनी स्टल रहने इन्फोटेकमा २० देखि ३० करोडको कारोबार हुने आशा गरिएको छ । इन्फोटेकको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा क्यान महासंघ बाँकेका अध्यक्ष रमणीप्रसाद शर्माले यसपटकको क्यान इन्फोटेक विगतको भन्दा परिस्कृत हुने जानकारी दिनुभयो ।
इन्फोटेकको ५ नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तिले उद्घाटन गर्दै हुनुहुन्छ । उद्घाटन अघि प्रभातफेरि निकाल्ने तयारी भएको छ । इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिब्यूटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आइसिटी कलेज, शैक्षिक परामर्श केन्द्र, टे«निङ इन्स्टिच्यूट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानीय विद्यार्थीले बनाएका प्रविधियुक्त हार्डवेयर र सफ्टवेयरसँग सम्बन्धित सामाग्रीका स्टल रहनेछन् ।
क्यान महासंघ बाँकेका पूर्वअध्यक्ष सञ्जय थापाले इन्फोटेकमा विजनेस भन्दा पनि प्रदर्शनीलाई महत्व दिएको बताउनुभयो । ३५ लाख खर्च हुने अनुमान गरिएको इन्फोटेकमा ३० रुपैया टिकट राखिएको छ । विद्यार्थीलाई २० रुपैया कायम गरिएको छ ।
इन्फोटेकमा नेपाली वैज्ञानिकद्वारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता गरिनेछ । पब्जी, फिफालागयतका खेलहरु हुनेछन् । एग्रीकल्चर ड्रोनको प्रदर्शनी, फेसबुक, टिकटक प्रतिस्पर्धा हुने र विजेतालाई आकर्षक पुरस्कार दिइने आयोजकले बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !