आत्मरक्षा तालिम स्थगित

नेपालगञ्ज – बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमविरुद्ध सावधानी अपनाउदै नेपालगञ्ज उपमहानगरपालिकाले पूर्व निर्धारित केही कार्यक्रम स्थगित गरेको छ ।
उपमहानगरपालिकाको आयोजनामा फाल्गुन २० गतेदेखि शुरु हुने तय भएको किशोरी तथा महिलाका लागि आत्म सुरक्षा सम्बन्धि तालिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको महिला विकास अधिकृत मञ्जु पाण्डेले जानकारी दिनुभयो । कार्यक्रम स्थगित भएपनि फर्म दर्ता भने जारि नै रहने भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !