सात हजार चार सयमा वर्षभरी ‘भायनेट’

नेपालगञ्ज – नेपालगञ्जमा सस्तोमा नेट चलाउन पाइने भएको छ । भायनेट कम्युनिकेसन प्रालिले नेपालगञ्जमा सेवा विस्तार गरेर सस्तोमा नेट सुविधा उपलब्ध गराएको हो ।
नेपालगञ्ज शाखाको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । यद्यपि, भायनेट कम्युनिकेसन प्रालिले नेपालगञ्जमा काम थालिसकेको थियो । भायनेटका नेपालगञ्ज शाखा प्रमुख भानुभक्त रेग्मीले सस्तो, तीब्रगतिमा भायनेट अब्बल भएको बताउनुभयो ।
भायनेटले कोहलपुरमा शाखा खोलिसकेको छ । नेपालगञ्जमा अझै दुई वटा उपशाखा खोल्ने तयारी गरेको छ । २० वर्षदेखि काठमाडौंमा सञ्चालनमा रहेको भायनेट दुई वर्षयता मात्रै जिल्लामा फैलिएको छ । दुई वर्षमा १६ वटा शाखा खोलिसकेको रेग्मीले जानकारी दिनुभयो ।
‘इन्टरनेटको भीडमा पृथक हुन चाहन्छौं । नेपालगञ्ज शाखाका प्रमुख रेग्मीले भन्नुभयो, देशभर सञ्जाल विस्तार गरिरहदा सस्तो, सुलभ, स्पीडका साथ नेटटिभीको सुविधा उपलब्ध गराएका छौं ।’ उहाँले नेपालगञ्ज र कोहलपुरमा फाइबर ओछ्याउने काम सकिएकाले अब ग्राहकलाई जोड्न मात्रै बाँकी रहेको बताउनुभयो । ‘औपचारिक रुपमा शाखाको उद्घाटन हुनु अघि नै सय ग्राहक बनाइसकेको छु, रेग्मीले भन्नुभयो, अहिले हाम्रो अफरहरु पनि चलेको छ ।’
भायनेटले तीन महिनाका लागि दुई हजार १ सय ५०, ६ महिनाका लागि चार हजार एक सय र एक वर्षका लागि ७ हजार ४ सय ६५ रुपैया बनाएको छ ।
भायनेटको शाखा उद्घाटन गर्दै प्रदेश सांसद आइपी खरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, सञ्जय सिंहलगायतले सस्तो र सुविधासँगै ग्राहकको विश्वास जित्न सुझाव दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !