चिनीको मूल्य : रुपैडिहामा ६०, भाटभटेनीमा ५९ रुपैया

नेपालगञ्ज – नेपालगञ्जमा शुक्रबारदेखि भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । नेपालगञ्ज–१८, कारकादोमा दश महिनामै सपरमार्केट तयार गरिएको हो ।
भाटभनेटी सुपरमार्केटका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले विधिपूर्वक पूजापाठ गरेर भाटभटेनीको १८ औं शाखा सञ्चालनमा ल्याउनुभयो । नेपालगञ्जसहित ५ नम्बर प्रदेशमा भाटभटेनीको सपरमार्केटको संख्या तीन पुगेको छ ।


नेपालगञ्जमा १३ कठ्ठा जमिनमा एक सय ५० करोड खर्च गरेर भाटभटेनी सुपरमार्केट बनाइएको छ । सीमावर्ती भारतीय रुपैडिहामा किनमेल गर्न जाने उपभोक्तालाई आकर्षित गर्ने गुरुङले बताउनुभयो । ‘हामी भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सक्छौं, गुरुङले भन्नुभयो, विराटनगरमा पनि भारतीय बजारमा भन्दा १४ आइटम सस्तोमा बिक्री गरिरहेका छौं ।’


भाटभटेनीमा चिनी ५९ रुपैयामा बिक्री भइरहेको छ । सीमावर्ती भारतीय बजारमा ६० रुपैया किलो छ । रुपैडिहामा पुग्ने उपभोक्ताहरु यही सस्तोमा पाइने भएपछि यस्तै रोकिने सुपरमार्केट व्यवस्थापनको भनाई छ । नेपालगञ्लगायत आसपासबाट जाने नेपाली ग्राहकले गर्दा रुपैडिहामा दैनिक ५ करोडबढी कारोबार हुने गर्दछ ।
गुरुङले नेपालगञ्जमा बनेको सुपरमार्केट सबैभन्दा सुविधासम्पन्न रहेको जानकारी दिए । भाटभटेनी शुभराम्भ हुँदा सांसद महेश्वर गहतराज, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, वडा नं. १८ का अध्यक्ष दीपक बर्मालगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !