नेपालगन्ज, डुडुवा र नरैनापुरका केही वडा निषेधित क्षेत्र घाेषणाा


नेपालगन्ज – सामाजिक सद्भाव खलबलिन नदिन स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही वडालाई निषेधित क्षेत्र घाेषणा गरेकाे छ ।
हिजाेकाे दुर्गा माता विसर्जनकाे क्रममा भएकाे मुठभेडलाई लिएर अाज केही ठाउँमा अागलागी गरिएपछि स्थानीय प्रशासनले साँझ ७ बजेदेखि अर्काे अादेश नभएसम्मका लागि निषेधित क्षेत्र घाेषणा गरेकाे हाे ।


प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाकाे वडा नम्बर १४ काे सबै क्षेत्र, वडा नम्बर १५ काे सुइया पिप्रहवा, वडा नम्बर २३ काे भज्जीपुरुवा, जंगलीपुरुवा र लाेहारनपुरुवा, डुडुवा गाउँपालिकाकाे वडा नम्बर ६ काे सबै क्षेत्र तथा नरैनापुरकाे वडा नम्बर ५ काे सबै क्षेत्रलाई निषेधित क्षेत्र घाेषणा गरिएकाे छ ।
स्थानीय प्रशासनले निषेधित क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन, प्रदर्शन गर्न राेक लगाएकाे छ ।
दुई समुदायका बिचमा भइरहेकाे मुठभेडले धार्मिक सामाजिक सद्भाव खलबलिन सक्ने भएकाले सुरक्षा चुनाैतीलाई मध्येनजर राखेर निषेधित क्षेत्र घाेषणा गरिएकाे सुरक्षा अधिकारीहरुले बताएका छन् ।
अाज दिउँसाे डुडुवाकाे हिरमिनिया र सुब्बापुरुवामा दुई समुदायले एक अर्काका पसलमा अागलागी गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !