ब्राेइलर कुखुरासहित कवाडिया पक्राउ

नेपालगन्ज – बाँके प्रहरीले भारतबाट ल्याउँदै गरेकाे ब्राेइलर कुखुरासहित एक जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५, जमुनाहागाउँका गणेश कवाडिया ४० वटा ब्राेइलर कुखुरासहित पक्राउ परेका हुन् । उनले साइकलमा राखेर कुखुरा ल्याइरहेका थिए ।
नेपालगन्जमा भारतीय कुखुरा भित्रिने गरेकाे ठूलाे जनगुनासाे रहेकाे छ । यहाँका कुखुरा व्यवसायीहरुले भारतीय कुखुरा राेक्न पटक-पटक अान्दाेलन गर्ने गरेका छन् । जिल्लामा नयाँ प्रहरी प्रमुख अाएसँगै भारतबाट अाउने कुखुरा राेक्न थालिएकाे छ ।
प्रहरीले पक्राउ परेका व्यक्ति, साइकल र कुखुरा पशु क्वारेनटाइन पठाएकाे छ ।











