क्षेत्रीय कारागारबाट बन्दी भागे, प्रहरीले कारबाही गर्दा ५ जनाकाे मृत्युु
नेपालगन्ज – बाँकेकाे नाैबस्तामा रहेकाे क्षेत्रीय कारागार तथा बाल सुधार गृहबाट कैदी बन्दी भागेका छन् ।
कारागारमा रहेका ५ सय ८५ मध्ये १ सय ४९ जना, त्यही रहेकाे बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७६ जना भागेकाे बुझिएकाे छ ।
कारागार र बालसुधार गृहमा खटिएकाे सशस्त्र प्रहरीले कारबाही गर्दा ५ जनाकाे मृत्यु भएकाे सुरक्षास्राेतले बताएकाे छ । प्रहरीकाे कारबाहीमा ७ जना घाइते भएकाे, उनीहरुलाई भेरी अस्पतालमा उपचारका लागि ल्याएकाे र त्यसमा ५ जनाकाे मृत्यु भएकाे छ ।
यस्तै, सरकारी कार्यालयहरुमा लुटपाट भएकाे छ । दिउँसाे ताेडफाेड र अागजनी गरिएका कार्यालयमा राती चाेरी भएकाे छ । नेपालगन्जकाे मालपाेत, राजश्व, जिल्ला अदालत, उच्च अदालत, नेपालगन्ज उपमहानगरपालिका, काेहलपुरकाे राजश्व कार्यालयमा लुटपाट भएकाे छ । सुरक्षा निकायले हात उठाइदिदा रातीमा लुटपाट भएकाे हाे ।
यसैगरी, बजारमा अहिले नेपाली सेना खटिएकाे छ ।