शाेकमा डुब्याे धम्बाेझी, जेन-जी आन्दाेलनमा दुईकाे मृत्यु
नेपालगन्ज – काठमाडाैमा भएकाे जेन-जी आन्दाेलनमा दुई युवाकाे मृत्यु भएपछि नेपालगन्जकाे धम्बाेझी शाेकमा डुबेकाे छ ।
करिव दुई सय मिटरकाे फरकमा घर भएका सुलभ श्रेष्ठ र आयुष थापाकाे मृत्यु भएपछि टाेल नै शाेकमा डुबेकाे हाे ।
काठमाडाैं ईन्जिनियरिङ कलेजमा सिभिल ईन्जिनियर पढेका सुलभ र फिनल्यान्ड जाने तयारीका साथ कागजपत्र बाेकेर काठमाडाैं गएका आयुषकाे आन्दाेलनमा प्रहरीले चलाएकाे गाेली लागेर मृत्यु भएकाे हाे । छाेराकाे अप्रिय खबर सुन्नासाथ सुलभका बुवा नरेन्द्र हिजाे नै काठमाडाै गएका छन् भने आयुषका बुवा सुशील आज बिहान काठमाडाैं गएका छन् ।
एउटै टाेलका दुई युवाकाे मृत्यु भएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बाेझीमा शाेक बिदा दिइएकाे छ । वडाध्यक्ष प्रमाेद रिजालले फिनल्यान्ड जान वडा कार्यालयबाट कागजपत्र बनाएर गएका आयुष र ईन्जिनियरिङ कलेजमा पढेका सुलभकाे आन्दाेलनमा मृत्यु भएपछि वडा कार्यालय आज शाेकमा बन्द गरिएकाे जानकारी दिए । उनका अनुसार, वडाभित्रका सबै विद्यालय पनि बन्द गरिएकाे छ ।
नरेन्द्रका एक्ला सन्तान थिए सुलभ । सुशीलका आयुष र एक छाेरी छन् ।
यसैबीच, बाँकेकाे नेपालगन्ज र काेहलपुरमा जेन-जी आन्दाेलन गर्ने भनिएपनि याे समाचार तयार पार्दासम्म कतै आन्दाेलन भएकाे छैन ।