नेपालगन्जका सुलभकाे मृत्यु


नेपालगन्ज – नेपालगन्ज निवासी २१ वर्षीय सुलभ श्रेष्ठकाे जेन-जी आन्दाेलनमा मृत्यु भएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बाेझी निवासी सुलभ काठमाडाैं ईन्जिनियरिङ कलेजमा सिभिल ईन्जिनियर पढ्थे । आज काठमाडाैंमा भएकाे आन्दाेलनमा गाेली लागेका सुलभकाे ट्रमा सेन्टरमा मृत्यु भएकाे हाे ।
सुलभ भेरी बाेर्डिङ स्कुल सञ्चालक नरेन्द्र श्रेष्ठका एक्ला छाेरा थिए । सुरक्षा निकायबाट छाेरा गम्भीर घाइते रहेकाे जानकारी पाएपछि बुवा नरेन्द्र काठमाडाैं हिडिसकेका छन् । पछि सञ्चार माध्यममा मृतकमा सुलभकाे नाम अाइसकेकाे छ ।
सुलभकाे मृत्यु भएकाे खबरपछि घरमा अाफन्ती, छिमेकीकाे भीड लागेकाे छ । यतिबेला धम्बाेझी नै शाेकमा डुबेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !