नेपालगन्ज र काेहलपुरमा प्रदर्शन


नेपालगन्ज – युवाले नेपालगन्ज र काेहलपुरमा सरकार विराेधी प्रदर्शन गरेका छन् ।
´नेता चिल्लाे गाडीमा, युवाजति खाडीमा`, देश बेच्न पाइदैन` सामाजिक सन्जाल बन्द गर्न पाइदैन, नियमन गर` लगायतकाे नारा लगाउदै नेपालगन्ज र काेहलपुरमा प्रदर्शन गरिएकाे छ ।
नेपालगन्जमा वीपीचाेकबाट सुरु भएकाे प्रदर्शनले बजार परिक्रमा गरेकाे छ । चर्काे घाममा नारा लगाउदै हिडेका युवा पुनः वीपीचाेकमा अाएर काेणसभा गरेका छन् । साैरव शाह, रवि परियार, विशाल रानालगायत युवाले अगुवाई गरेका छन् । उनीहरु नेपालगन्ज उपमहानगरपालिकाकाे अगाडि बसेर नाराबाजी गरिरहेका छन् ।
त्यस्तै काेहलपुरमा पनि प्रदर्शन गरिएकाे छ । प्रदर्शनकाे क्रममा एउटा म्याजिक गाडी ताेडफाेड गरिएकाे छ । काेहलपुरकाे चाैराहामा बसेर नाराबाजी गरेका छन् । प्रदर्शनकाे क्रममा टायर पनि बालिएकाे छ ।
प्रदर्शनमा कलेजका विद्यार्थी स्कुले पाेशाकमा सहभागी भएका छन् । शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रदर्शनमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !