एनसीएमटीकाे विशेष छात्रवृत्ति

नेपालगन्ज – नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सबको अवसरमा विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन सम्मेलन गर्दै NCMT ले यस वर्ष BSc. CSIT र BCA दुबै कार्यक्रमका लागि १२/१२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

कलेजका को-अर्डिनेटर अंकित श्रीवास्तवले २ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने बताए । उनका अनुसार, त्रिभुवन विश्वविद्यालयद्वारा लिइने प्रवेश परीक्षामा उत्कृष्ट हुने दुई जना विद्यार्थीलाई प्रथम सेमेष्टरको सम्पूर्ण (ट्युसन फी) मा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । यस्तै २ जना विद्यार्थीलाई ७५ प्रतिशत, २ जनालाई ५० प्रतिशत र ६ जना विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा कलेजले गरेको छ । जस अन्तरगत छात्रवृत्तिको वित्तीय मूल्य BSc. CSIT कार्यक्रममा १९ लाख ४० हजार र BCA मा १५ लाख ६० हजार गरी कुल ३५ लाख बराबरको छात्रवृत्ति यस योजनामार्फत उपलब्ध गराइनेछ ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी छनौट प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धात्मक हुने कलेज प्रमुख निशान्त शाक्यले बताए । त्रिभुवन विश्वविद्यालय प्रवेश परीक्षाको नतिजा ४० प्रतिशत, क्याम्पस आफैंले लिने छात्रवृत्ति परीक्षा ४० प्रतिशत, महिला उम्मेदवारलाई प्रोत्साहन १० प्रतिशत र गरिब/जेहेन्दार विद्यार्थीको मूल्यांकन १० प्रतिशत अंकलाई मूल्यांकनको मापदण्ड बनाइएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्ति योजना सुरु गरिएको शाक्यले बताए । कलेजले नेपालगन्जमै बसेर अन्तर्राष्ट्रिय स्तरको BSc. CSIT र BCA कार्यक्रम अध्ययन गर्न सकिने वातावरण निर्माण गरेको र छात्रवृत्ति योजना त्यसकै एक हिस्साको रुपमा रहेको उनको भनाई छ । पत्रकार सम्मेलनमा कलेज संचालक सदस्य वृजेश वैश्यको पनि उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !