ट्रक र टिप्पर ठाेक्किदा एक जनाकाे मृत्यु, एक घाइते


नेपालगन्ज – पूर्व-पश्चिम महेन्द्र राजमार्गकाे बाँके खण्डमा ट्रक र टिप्पर ठाेक्किदा एक जनाकाे मृत्यु भएकाे छ । एक जना घाइते भएका छन् ।
बाँकेकाे राप्तीसाेनारी गाउँपालिका वडा नम्बर २, मुगुखा खाेला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरकाे ट्रक र भे १ ख ३१६९ नम्बरकाे टिप्पर ठाेक्किदा टिप्परमा सवार राप्तीसाेनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीकाे मृत्यु भएकाे हाे । टिप्परमा सवार काेहलपुर-१५ का २५ वर्षीय सुदीप चाैधरी घाइते भएका छन् । उनकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहकाे छ । खत्रीकाे शव भेरी अस्पताल, नेपालगन्ज ल्याइएकाे छ ।
ट्रक र टिप्पर काेहलपुरतर्फ अाइरहेकाे थियाे । पछाडीबाट टिप्पर ठक्कर दिंदा दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !