पानीकाे निकास नहुँदा समस्या

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ राप्ती रोड उत्तर तर्फ क्रिस्टल स्कुल पछाडी वर्षाको पानी निकास नहुँदा स्थानीवासीले सास्ती व्यहोर्नु परेको छ ।
स्थानीयवासीले उपमहानगरपालिकाका मेयर, वडा अध्यक्ष, सदस्यहरु सहितलाई पटक-पटक जानकारी गराउँदा पनि समस्या समाधानका लागि कसैले चासो दिएका छैनन् । स्थानीयवासीले जनप्रितिनिधि र स्थानीय प्रशासनलाई बर्षाको पानीको निकास र नाला व्यवस्थापनका लागि अनुरोध गरेको भएपनि कहीं कतैबाट सुनुवाई नभएको गुणासो गरेका छन् ।
बर्षाको पानी जम्मा भएर घर-घर जाने बाटो डुब्न थाले पछि त्यस टोलका बासी चिन्झित बनेका छन् । उपमहानगरपालिका वडा नं. ६ राप्ती रोड उत्तर तर्फको पानी मूल नालाको निकास नपाउँदा डुबानको समस्या आएको छ।


error: यो सुविधा उपलब्ध छैन !