रुकुमेली सेवा समाजद्वारा मन्दिर सरसफाई


नेपालगन्ज – रुकुमेली सेवा समाज, बाँकेले नेपालगन्जकाे कारकादाेमा रहेकाे राधाकृष्ण मन्दिरकाे सरसफाई गरेकाे छ । समाजले कार्यालय रहेकाे बाइपासमा सरसफाई गरेकाे थियाे ।

रुकुम जिल्लाबाट आएर बाँकेमा बसाेबास गरिरहेका रुकुमेलीले समाज गठन गरेर विविध गतिविधि गर्दै आएकाे छ । समाजले भदाै ७ गते शनिबार आफ्नै कार्यालयमा तिज मिलन कार्यक्रम गर्ने जनाएकाे छ ।

सरसफाई कार्यक्रममा जिल्ला अध्यक्ष बासुदेव गाैतम, उपाध्यक्ष शम्भु नाथ, सचिव चिन्ताराम शर्मा, सदस्य श्यामकुमारी पाइजा, नेपालगञ्ज नगर समितिका अध्यक्ष दिपेन्द्रकुमार खड्का, उपाध्यक्ष सुमित्रा केसी, सचिव भिमबहादुर शाह काेषाध्यक्ष निमबहादुर मल्ल, विषयगत समितिका संयाेजक डिल्लीबहादुर चन्द, दिपकुमार मल्ल, सुन्दरजंग शाहलगायतकाे उपस्थिति रहेकाे थियाे ।

साबिक रुकुम जिल्लाबाट बाँके जिल्लामा आइ बसाेबास गर्ने सबै रुकुमेलीकाे साझा समाज रुकुमेली सेवा समाज, बाँके स्थापना गरि समाजिक सेवाका बिबिध कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे छ । समाजकाे माध्यमबाट बाँकेमा बस्ने सबै रुकुमेली बिच चिनजान, मेलमिलाप, सरसहयाेग गर्ने माध्यम बनेकाे छ । संस्थाले आफ्नाे बार्षिक कार्ययाेजना तयार गरि विविध सकारात्मक गतिविधि सञ्चालन गर्दै आइरहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !