कर्णाली विकास बैंक घाेटाला : १ सय ११ जनाविरुद्ध मुद्दा दर्ता हुँदै


नेपालगन्ज – नेपालगन्जमा प्रधान कार्यालय रहेकाे कर्णाली विकास बैंकमा ३ अर्ब २० कराेड घाेटाला भएकाे निष्कर्षसहित उच्च अदालतमा मुद्दा दर्ताकाे तयारी गरिएकाे छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआइबी)ले जिल्ला सरकारी वकिलकाे कार्यालयमा बुझाएकाे कागजातलाई अध्ययन गरेर अाज अदालतमा दर्ता गर्ने तयारी गरिएकाे हाे । जिल्ला न्यायाधीवक्ता दशरथ गाैतमले हस्ताक्षर गरिरहेकाले सकिने बित्तिकै दर्ता गरिने बताइएकाे छ । एक हजार ८४ पेजमा गाैतमले हस्ताक्षर गरिरहेका छन् ।
बैंककाे ३ अर्ब २० कराेड हिनामिनामा १ सय ११ जनाविरुद्ध मुद्दा दर्ता गर्न थालिएकाे छ । सीआइबीले चार जनालाई पक्राउ गरेकाे छ । बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, बित्त प्रमुख बेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।
स्राेतका अनुसार, ३ अर्ब २० कराेडमध्ये संस्थापक अध्यक्ष रायकाे नाममा २ अर्ब ६३ कराेड बिगाे राखिएकाे छ । त्यसपछि कर्मचारीहरु निरजविक्रम शाह र दिनेश रावतकाे नाममा धेरै बिगाे रहेकाे छ । कर्णाली बैंककाे घाेटाला जिल्लाकाे अहिलेसम्मकै ठूलाे मुद्दा रहेकाे सम्वद्वहरुले बताएका छन् ।
बैंकका सञ्चालक, कर्मचारीसँगै ऋणीसमेतकाे नाममा मुद्दा दर्ता हुँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !