आपतकालिन तटबन्ध बनेपछि गाउँले खुसी
नेपालगन्ज – बाँकेकाे राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ७, खल्ला झगडियावासी पानी पर्ने बित्तिकै राप्ती नदीले आधा बगाइसकेकाे तटबन्ध भत्कियाे कि भनेर हेर्न पुगिहाल्ले । तीन वर्ष अघि आधा भत्किएकाे तटबन्ध ठूलाे बाढी आउने बित्तिकै पुरै भत्केर आधा दर्जन गाउँ डुब्ने खतरा थियाे । त्यही नजिकका गाउँले त आकाशमा बादल देख्दा झस्किन्थे नै, अलि टाढा घर भएपनि वडाध्यक्ष रामलखन थारु राती पानी पर्दा राती नै त्याे भत्किन थालेकाे तटबन्धमा पुग्थे ।
२०७१ सालकाे बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्लाझगडियालगायत आधा दर्जन गाउँ डुवानकाे जाेखिममा परेकाे हाे । २०७९ काे बाढी तटबन्ध नै अाधाबढी भत्काइदिएपछि खल्ला झगडियावासीकाे पानीदेखिकाे त्रास अझ बढ्याे । याे बिचमा भत्केकाे तटबन्ध मर्मतसम्म गर्न स्थानीयले धेरै जाेडबल गरे । सुनुवाई भएन । एकैपटक पक्की तटबन्ध बन्छ भनियाे । हुन चाहिँ केही भएन । स्थानीयवासी कराई रहे । धन्न ठूलाे बाढी नअाएकाले क्षति हुन पाएन ।
याे वर्ष भने जनताकाे तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि सुरु गरेर धमाधम अापतकालिन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीकाे त्रासबाट मुक्त भएका छन् ।
साई माँ दुर्गा भेन्सी जेभीले ६ कराेड ५० लाखमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का लिएर त्यही अन्तर्गत याे बर्खामा डुवान हुन नदिन आपतकालिन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी ढुक्क भएका हुन् ।
जनताकाे तटबन्ध कार्यालय, लमही दाङका प्रमुख डा. नारायणप्रसाद सुवेदीले झल्ला झगडिया र जरैयामा आपतकालिन तटबन्ध बनाएर याे बर्खामा डुवान हुन नदिने र बर्खापछि स्थायी तटबन्ध बनाउने बताए ।
आपतकालिन तटबन्धमा बाँस, बालुवा भरिएका प्लास्टिकका बाेरा, जाली र सिमेन्टकाे पाेल प्रयाेग गरिएकाे छ । ठूलाे संख्यामा मजदुर लगाएर अस्थायी तटबन्धकाे काम भइरहेकाे छ ।
स्थानीयवासी दुर्गा पाण्डेले अापतकालिन तटबन्ध बनेकाले बर्खामा गाउँ डुवानमा नपर्ने विश्वास बढेकाे बताए । उनले अब पानी पर्ने बित्तिकै तटबन्ध भत्कियाे कि भन्ने चिन्ता दूर भएकाे बताए ।
खल्ला झगडियामा तटबन्ध भत्किने बित्तिकै देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिकाकाे वडा नम्बर ६ काे साेनवर्षा, कुदरवेटवा, गंगापुर, भाेजभगवानपुर र वडा नम्बर ५ काे नवाजीगाउँ, भाेजपुर तथा डुडुवा गाउँपालिकाकाे वडा नम्बर १ काे कुडवागाउँ डुवानमा पर्छन् ।
बाँकेमा सबै भन्दा ठूलाे बाढी २०७१ सालमा आएकाे थियाे । त्यसपछि २०७४ सालमा बाढी आएपनि पछिल्ला वर्ष ठूलाे बाढी आएकाे छैन । याे वर्ष त अहिलेसम्म ठूलाे पानी नै पर्न सकेकाे छैन ।