अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्वकाे दिवसमा माइतीकाे विविध कार्यक्रम
नेपालगन्ज – ११ औं अन्तराष्ट्रिय मानव बेचबिखनबिरुद्धको दिवसमा माइती नेपाल, नेपालगन्जले विविध गतिविधि गरेकाे छ ।
माइती नेपालले नेपाल-भारत सिमाना जमुनाहा नाकामा सामुहिक समर्थन यात्रासहित पोष्टर पम्पलेट टाँस्ने र यात्रुलाई वितरण गर्दै व्यानरसमेत प्रर्दशन गरेकाे थियाे ।
सो अवसरमा यात्रारत नेपाल र भारतका मानिस, बिभिन्न संघ संस्थाका व्यक्तित्व, यातायातकर्मी, विद्यार्थीसँग सडक अन्तरक्रिया गरिएको थियो ।
माइती नेपाल, नेपालगन्जका संयाेजक केशव काेइरालाका अनुसार, सडक अन्तरक्रियामा सहभागीलाई भारत एवं अन्य देशमा बैदेशिक रोजगारीमा जादा ध्यान दिनु पर्ने कुरा, यात्ररत रहदा र कार्यस्थलमा समस्यामा परेमा सम्पर्क गर्ने स्थानहरु एवं त्यहाँबाट उम्कन अपनाउनु पर्ने तौरतरिकासमेतकोवारेमा जानकारी दिइएकाे थियो ।
माइती नेपाल, नेपालगन्जले मानव बेचबिखनबिरुद्ध रोकथाम, उद्धार एवं पुनर्स्थापना लगायतका कार्यहरु गर्दै आइरहेको छ ।