नेपालगन्ज-दिल्ली हवाई उडानका लागि छलफल
नेपालगन्ज – नेपालगन्ज-दिल्ली हवाई उडानका लागि नेपालगन्जमा बृहत् छलफल गरिएकाे छ ।
पश्चिम क्षेत्रकाे पर्यटन विकासका लागि नेपालगन्ज-दिल्ली हवाई उडान गर्नुपर्ने सबैकाे धारणा रहेकाे छ ।
संघीय संरचना अघि चलायमान रहेकाे नेपालगन्ज शहर अहिले पछाडि परेकाे भन्दै नेपालगन्जलगायत यस क्षेत्रकाे विकासका लागि नेपालगन्ज – दिल्ली हवाई उडान गर्नु पर्ने सम्वद्वले बताएका छन् ।
नेपालगन्ज उद्याेग बाणिज्य संघकाे अगुवाईमा राजनीतिक दल, व्यवसायी, नागरिक समाजका अगुवाले नेपालगन्ज-दिल्ली हवाई उडानका लागि नेपाल सरकारलाई दबाब दिने तयारी गरेका छन् ।
नेपालगन्ज उद्याेग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले नेपालगन्ज-दिल्ली हवाई उडान हुन सकेमा मानसराेबरलगायत यस क्षेत्रकाे पर्यटकीय क्षेत्रमा भारतीयकाे उपस्थिति बढ्ने र त्यसले यहाँकाे व्यापार व्यवसायमा टेवा पुग्ने बताए । उनले नेपालगन्ज-दिल्ली उडानका लागि सबै दलले याे र उ नभनी लाग्नु पर्ने बताए ।
प्रदेश सांसद कृष्णा केसी र मिना श्रेष्ठ, नेपालगन्जका मेयर प्रशान्त विष्ट, एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, नेपाली काँग्रेसका सचिव सुधांशु काेइराला, माअाेवादीका नेता प्रेम शाह, हाेटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्कालगायतले नेपालगन्ज-दिल्ली उडानका लागि सबै लाग्नु पर्ने बताए ।
नेपालगन्ज-दिल्ली उडानका लागि यस अघि नै प्रयास गरेपनि भारतले सुरक्षाकाे कारण देखाउदै अनुमति दिइरहेकाे छैन ।