वन डिभिजनले बहुमूल्य श्रीखण्ड प्रजातीकाे बिरुवा बाँड्ने
नेपालगन्ज – डिभिजन वन कार्यालय, बाँकेले बहुमूल्य श्रीखण्ड प्रजातीकाे बिरुवा बाँड्ने भएकाे छ ।
एक किलाेकाे तीन हजार बढी मूल्य पर्ने श्रीखण्डकाे बिरुवा निशुल्क बाँड्ने तयारी गरिएकाे हाे । सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताले आगामी वर्ष १८ हजार श्रीखण्डकाे बिरुवा बाँड्ने जानकारी दिनुभयाे ।
बहुमूल्य याे बिरुवा राष्ट्रिय वनमा लगाउन सम्भव देखिदैन । सामुदायिक वन, निजी वनमा लगाउदा स्याहार पुर्याउन सकिन्छ । २० वर्षमा यसले राम्राे आम्दानी दिने सम्बद्व बताउँछन् ।
डिभिजन वनले आज पत्रकारसंग अन्तरक्रिया तथा अवलाेकन भ्रमण गर्दै जिल्लाकाे चक्ला वन, सामुदायिक वन, धार्मिक वनकाे अवस्था, वन सम्वर्द्वनमा आधारित वन व्यवस्थापनका बारेमा जानकारी दिएकाे थियाे ।