नेपालगन्ज नर्सिङ क्याम्पसको प्रमुखमा सुनिता आचार्य
नेपालगन्ज – नेपालगन्ज नर्सिङ क्याम्पसको प्रमुखमा सुनिता आचार्य नियुक्त भएकी छन्।
त्रिभुवन विश्व विद्यालय कार्यकारि परिषदले माघ २३ गते आचार्यलाई नियुक्त गर्ने निर्णय भएको थियो ।
त्रिभुवन विश्व विद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेपालगन्ज नर्सिङ क्याम्पसको नेतृत्वमा आचार्यलाई माघ २४ गते देखि लागु हुने गरी नियुक्त गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयका उपकुलपति तथा कार्यकारी परिषदका अध्यक्ष प्राध्यापक डा.केशरजंग बरालले उप प्राध्यापक आचार्यलाई नियुक्त गरेका छन् ।
लामो समयदेखि अध्यापन पेशामा लागेकी आचार्य नेतृत्व क्षमता र अध्यापनमा निरन्तरता दिएकी उपप्राध्यापक हुन्।