दुवै महोत्सवलाई सफल पार्न आयोजकका बीचमा सहमति


नेपालगन्ज – नेपालगन्जमा संचालन हुन थालेका दुवै महोत्सवलाई सफल पार्न आयोजकका बीचमा सहमति भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले यही कात्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म संचालन गर्न थालेको महोत्सव र नेपालगन्ज उद्योग वाणिज्य संघले पौष ४ गतेदेखि १६ गतेसम्म संचालन गर्न थालेको महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्जमा शनिबार भएको छलफलमा आपसमा सहकार्य गरेर जाने सहमति भएको नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव सचिव राजन रानामगरले बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई परिमार्जन गरि नेपालगन्ज प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ राखिने सहमति भएको हो ।


error: यो सुविधा उपलब्ध छैन !