‘युवालाई सिप सिकाउदै उद्यमशीलतामा जोडौं’


बर्दिया–बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ ।
बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ । ‘म बनाउछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनले स्थानीय रोजगार रणनीति निर्माण गर्ने छ । मुख्यमन्त्री आचार्यले युवाहरुलाई उद्यमशीलतामा जोड्नेगरी प्रदेश सरकारले तीन स्थानीय र संघीय सरकार संग समन्वय गर्ने बताउनु भयो ।‘युवाहरुको रुची र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्छ । स्वदेशमै उद्यमशीलताको अवसरहरु सृजना गर्न सरकार तयार छ’उहाँले भन्नुभयो,‘सिप सिकाउने र उद्यमशीलतामा जोड्ने कुरामा हामी प्रतिबद्ध छौं । म भन्न चाहन्छु युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको विचमा समन्वय र सहकार्य हुन जरुरी छ ।’

युवाहरुलाई स्वरोजगार र उद्योग व्यवसायमा संलग्न हुन मुख्यमन्त्री आचार्यले आग्रह गर्नु भयो ।‘यो मुलुकको भोली उद्योगपति बन्न सक्नुहुन्छ, त्यो हैसियतको ल्यागत राख्नुहुन्छ । त्यस मानेमा अग्रसर भएर लाग्नको निम्ति हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छु’उहाँले भन्नुभयो,‘तपाईहरुको साथमा प्रदेश सरकार छ । संघीय सरकार छ र स्थानीय सरकार छ । स्थानीय सरकारले विभिन्न रचनात्मक कामहरु अगाडी बढाउदै आएको छ ।’ नगर प्रमुख खड्कबहादुर खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । सम्मेलनमा बाँसगढी नगरपालिका भित्रका पाँच सय युवाहरुको सहभागिता रहेको छ । विभिन्न बिषयमा छलफल गर्दै र योजना निर्माण गरेर सम्मेलन सकिने छ ।


error: यो सुविधा उपलब्ध छैन !