होटलमा राखेर बालिकालाई दुई दिनसम्म बलात्कार, पाँच जना पक्राउ


नेपालगन्ज – बाँकेको कोहलपुरस्थित एक होटलमा राखेर १२ वर्षीया बालिकालाई दुई दिनसम्म बलात्कार गरिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १२ वर्षीया बालिकालाई बैजनाथ गाउँपालिकाका तीन जना किशोर र दुई जना युवाले दुई दिनसम्म होटलमा राखेर बलात्कार गरेका हुन् । असोज २७ र २८ गते कोहलपुरस्थित होटलमा बालिकालाई बलात्कार गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएपसी धर्मराज भण्डारीले जानकारी दिए । बालिकाले आज नै बलात्कार भएको जाहेर दिएकी थिइन् ।
प्रहरीले बलात्कार आरोप लागेका तीन जना १९ वर्षीय किशोर, एक जना २० वर्षीय र एक जना २४ वर्षीय युवकलाई पक्राउ गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !