घाँटी रेटेर युवककाे हत्या


नेपालगन्ज – बांकेकाे काेहलपुरमा एक युवककाे हत्या भएकाे छ ।
काेहलपुर नगरपालिका वडा नम्बर ८, पिपिरीमा ४० वर्षीय चन्द्रबहादुर कामीकाे हत्या भएकाे बांके प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार, पिपिरीचाेकदेखि करिव दुई सय मिटर पूर्वमा रहेकाे शितलनगरमा शव फेला परेकाे छ । शवकाे टाउकाे छैन ।
घटनास्थल नजिककाे सरस्वतीचाेकमा रहेकाे सीसी क्यामेरामा एक युवकले कालाे प्लास्टिककाे झाेला बाेकेर गएकाे देखिएकाे छ । प्रहरीले युवककाे हत्या पछि टाउकाे लिएर गएकाे अनुमान गरेकाे छ ।
बांके प्रहरी प्रवक्ता अायुश जाेशीले हत्याराकाे खाेजी भइरहेकाे बताए । प्रहरीले तालिम प्राप्त कुकुरकाे लिएर अनुसन्धान गरिरहेकाे छ । घटना शनिबार राती भएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !