खगेन्द्रले बनाइदिए जयबहादुरलाई घर


नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६, सिमलघारी निवासी दृष्टिविहिनको परिवारका लागि पत्रकार खगेन्द्र दाहालले अगुवाई गरेर घर निर्माण गरिदिएका छन् ।
बर्षातको पानीले घर भत्काइदिएपछि बेघर बनेका विकलाई पत्रकार दाहालले चौतर्फी सहयोग स्वरुप निर्माण सामाग्री र केही रकम जुटाइ घर निर्माण कार्य सम्पन्न गरि दृष्टिविहिन जयबहादुर विकको परिवारमा हस्तान्तरण गरिएको हो । दृष्टिविहिन विकको घरको उद्घाटन समाजसेवी लिल बहादुर थापाले रिबन काटेर गरे ।
घर हस्तान्तरण कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सञ्चारकर्म सगैं समाजिक कार्य स्वरुप घर नै बनाइदिने अभियान सम्पन्न गर्न सफल बनेकोमा बधाई सहित धन्यबाद दिए । अध्यक्ष विकले पालिकाले पनि घरै नहुने र छाना नहुनेलाई प्राथमिकताको आधारमा सहयोग गर्ने गरेको बताए । उनले सहयोग गर्ने सबैलाई मावन हुनुको धर्म निभाएको भन्दै धन्यबाद दिए ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले घर अभियान सञ्चालन गर्ने पत्रकार खगेन्द्र दाहाल र गणेश राई प्रशन्साका पात्र रहेको बताइन । उपाध्यक्ष मल्लले सबैको सानो सानो सहयोगले यति राम्रो घर बनाउन सक्नु नै अभियानको सफलता रहेको बताइन । खबरगन्ज डट कमले दुई महिना अघि दृष्टिविहिन विकको घरको अवस्थाका बारेमा समाचार र भिडियो सामाग्री प्रशारण गरेको थियो ।
घर हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी लिल बहादुर थापाले सबैले गरेको सहयोगले दिन दुखिलाई राहत मिल्ने गरेको बताए । समावसेवी थापाले सञ्चारकर्मि भएर पनि मानवसेवा तर्फ गरेको कर्म सम्मान योग्य रहेको उल्लेख गरे ।
घर हस्तान्तरण समारोहमा वडा नम्बर ४ का पूर्व वडाध्यक्ष युवा राजनीतिज्ञ तिलकविर सुनारले यस किसिमको अभियानमा सरकार
सहितको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । सुनारले घरबार विहिनहरुका लागि सरकारले नै यस किसिमको अभियान स्वरुप योजना बनाएर कार्य थालनी गर्न आवश्यक रहेको बताए । घर र शौचालय हस्तान्तरणका बेला समाजसेवी लिल बहादुर थापाले ६ महिना पुग्ने खाध्यान्न सामाग्री प्रदान गरेका थिए । समारोहमा इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहर निरीक्षक पूर्ण केसी, सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनार, आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !