भारतले बाढीपीडितलाई पठाएको राहत सामाग्री नेपालगन्जमा


नेपालगन्ज – भारत सरकारले नेपालका बाढीपीडितका लागि राहत सामाग्री पठाएको छ । भारतले पठाएको एक करोड १८ लाख भारतीय रुपैया बराबरको सामान नेपालगन्जमा आइपुगेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई भारतीय दुताबासका द्वितिय सचिव नारायण सिंहले सामान हस्तान्तरण गरेका छन् ।
सामान नेपालगन्ज विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा राखिएको छ । सहायतामा क्लोरिन ट्याब्लेट, त्रिपाल, ब्ल्याङ्केट, स्लीपिङ ब्याग, पानीका बोत्तल रहेका छन् । भारतको बनारस र भोपालबाट दुई गाडीमा सामान ल्याइएको थियो । अझै चार गाडी सामान आउदै गरेको जानकारी दिइएको छ ।
नेपालगन्जमा राखिएको सामान केन्द्रको निर्देशन अनुसार अन्यत्र पठाइने बाँके प्रशासनले जानकारी दिएको छ । सामान हस्तान्तरण कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्ट, सुरक्षा प्रमुखहरुको उपस्थिति थियो ।
यसअघि भूकम्पपीडितलाई पनि भारतले नेपालगन्ज हुँदै राहत सामाग्री पठाएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !