सचिवालय उद्घाटन


नेपालगन्ज – बैकुण्ठधाम अाध्यात्मिक महाेत्सवकाे सचिवालय स्थापना गरिएकाे छ ।
बांकेकाे राप्ती नदी तट सिधनियाघाटमा बैकुण्ठधाम बनाउनका लागि सहयाेग जुटाउन कात्तिक २२ देखि ३० गतेसम्म अायाेजना गर्न थालिएकाे महाेत्सवकाे व्यवस्थापनका लागि नेपालगन्जमा सचिवालय स्थापना गरिएकाे हाे ।
नेपालगन्जका मेयर प्रशान्त विष्ट र समाराेह मूल समितिका संयाेजक डा. सुरेशकुमार कनाेडियाले सचिवालयकाे उद्घाटन गरे ।
मेयर विष्टले बैकुण्ठधाम निर्माणका लागि सबैकाे हातेमालाे जरुरी रहेकाे बताए । उनले बैकुण्ठधामकाे डीपीअार खर्च ब्यहाेर्ने उद्घाेष गर्दै ५१ हजार सहयाेगकाे घाेषणा गरे ।
मूल समितिका संयाेजक डा. कनाेडियाले अार्थिक जाेहाेसंगै जग्गाकाे चुनाैती रहेकाे स्मरण गर्दै जीवनशेष पछि पनि सम्झिने काममा सबै लाग्नु पर्ने बताए ।
समितिका सदस्य श्रीराम सिग्देलले ६४ वटा उपसमितिकाे कल्पना गरिएकाेमा ३१ वटा बनाइसकेकाे बताए ।
बांके दाहसंस्कार गर्ने उचित ठाउँ छैन । अा-अाफ्ना क्षेत्रका चर्चित व्यक्तित्वहरु राम्राे दाहसंस्कार स्थल अर्थात बैकुण्ठधाम बनाउन लागिपरेका छन् । मूल समाराेह समिति जतिसक्दाे ठूलाे बनाउने तयारी गरिएकाे छ । अाध्यात्मिक महाेसवमा बाचन शिराेमणि दिनबन्धु पाेखरेलले प्रवचन दिने अायाेजकले बताएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !