शान्तिनगरमा टोल विकास समिति गठन


नेपालगन्ज – जनसहभागितामूलक विकासको अवधारणावाट अभिप्रेरित भएर नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ बुलबुलिया शान्तिनगरका स्थानीयले टोल विकास समिति गठन गरेका छन् ।

उक्त वडाका स्थानीयको आज भएको वृहत भेलाले नीरज गौतमको अध्यक्षतामा ११ सदस्यीय ‘बुलबुलिया शान्तिनगर टोल विकास तथा संरक्षण समिति’ गठन गरिएको हो । नवगठित समितिको संरक्षकमा वडा नं. १३ का अध्यक्ष सुरेशसिंह ठाकुरलाई राखिएको छ । समितिमा संरक्षकको पद पदेन रहने व्यवस्था गरिएको छ ।

वडा अध्यक्ष ठाकुरकै प्रमुख आतिथ्यमा भएको भेलाले गठन गरेको कार्यसमितिको उपाध्यक्षमा सविता रिजाल, सचिवमा रामकुमार देवकोटा, कोषाध्यक्षमा बखत कार्की, सदस्यहरुमा शशि देवकोटा, राजुविक्रम शाही, हेमराज अधिकारी, रोशन केसी, प्रभा पौडेल, लाला चौधरी थारु र सतिश सिंह रहनु भएको छ ।

नवगठित समितिको आजै बसेको पहिलो बैठकले सामाजिक अभियन्ता विष्णुप्रसाद सुवेदी र कृष्णप्रसाद अधिकारीलाई सल्लाहकारमा मनोनित गरेको छ भने अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा बैंकमा समितको खाता सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले भेलाका सहभागि सबैमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

यस्तै, समितिको गतिविधि संचालनका लागि समितिका सम्पूर्ण साधारण सदस्यहरुवाट मासिक रु. १०० आर्थिक सहयोग संकलन गर्ने निर्णय गरिएको छ भने शुरुवाती चरणमा समितको गतिविधि सञ्चालनका लागि रकम आवश्यकता पर्ने अवस्थालाई दृष्टिगत गरी कार्यसमिति सदस्यवाट जनही रु एक हजार संकलन गरिएको छ ।

कार्यसमिति बैठकले प्रत्येक साताको शनिबार टोलको नियमित सरसफाई गर्ने, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने स्थानमा सीसी क्यामरा जडान गर्ने, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण र सम्बद्र्धन गर्नेलगायतका निर्णय समेत गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !