अपहरणको नाटक गर्नेलाई मुद्दा


नेपालगन्ज – अपहरणको नाटक गर्ने भरत तिवारीलाई प्रहरीले मुद्दा चलाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का २६ वर्षीय भरत तिवारीले आफ्नै ह्वाट्सएपबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज पठाएका थिए । साथीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गरेको थियो ।
साउन ३० गते राती ८.३० बजेको घटना थियो । उनले म्यासेजमा आफू अपहरणमा परेको र आफ्नो मोटरसाइकल न्यूरोडमा रहेको बताएका थिए । राती १० बजेतिर भरतले आफै प्रहरीलाई फोन गरेर आफू डुडुवाको कम्दीस्थित खेतको बीचमा भागेर आइपुगेको बताएपछि प्रहरी त्यहाँ पुगेर उसलाई ल्याएको थियो ।
प्रहरीले अनुसन्धान गर्दा आफैले म्यासेज पठाएर नाटक गरेको पुष्टि भएपछि उसलाई उपद्रवलाई मुद्दा चलाएर थुनामा राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !