जन्म दिनमा स्कूललाई पंखा


नेपालगन्ज – नेपाली क्रिकेटका पूर्वकप्तान एलबी क्षेत्रीले आफ्नो र छोराको जन्म दिनको अवसरमा स्कूललाई पंखा सहयोग गर्नु भएको छ ।
‘कप्तान १९९८’ पुस्तकका लेखक क्षेत्रीले छोरा प्रतिकको समेत जन्म दिन पारेर कोहलपुर नगरपालिका वडा नं. १०, चटारमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा तीन वटा सिलिङ पंखा सहयोग गर्नु भएको हो ।
लायन्स क्लव अफ कोहलपुरका पूर्वअध्यक्ष कोहलपुर नगरपालिका वडा नं. १० का स्थायी बासिन्दा क्षेत्रीले आफ्नो र छोराको जन्म दिनको अवसरमा लायन्स क्लव अफ कोहलपुरमार्फत कार्यक्रम गरेर पंखा हस्तान्तरण गर्नुभयो ।
लायन्स क्लव अफ कोहलपुरका अध्यक्ष लायन समर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का अध्यक्ष गौरा भट्टराई, लायन्सका ४ नम्बर एरिया चिफ राजेन्द्र रिजाल, ऋषिराज सापकोटा, सरोज हमाल, रामचन्द्र रिजाल, नविन निश्चल आचार्य, माधव पोखरेलको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक पुरन चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौकीदार थारुलाई पंखा हस्तान्तरण गरिएको थियो ।
राखेपका केन्द्रीय सदस्यसमेत रहेका क्षेत्रीले यसअघि पनि आमाको मुख हेर्ने दिन शुद्ध पानीको व्यवस्था, छोरीको जन्म दिनको अवसरमा वडा नं. १० कार्यालयमा आउने सेवाग्राहीलाई चिसो र तातो पानी खाने उपकरण सहयोग गर्नु भएको थियो ।
क्षेत्रीको बुझाईमा समाजले व्यक्तिलाई केही न केही सहयोग गरिरहेको हुन्छ । उसले समाजलाई असल नियतले सेवाभावको काम गरेर त्यस्ता गुण तिर्नु पर्छ । अनि यस्ता विशेष अवसरमा केही दिन सकेमा अझ राम्रो हुन्छ ।


error: यो सुविधा उपलब्ध छैन !