अामाले माेबाइल फुटाइदिएपछि…


नेपालगन्ज – काेहलपुरमा एक किशाेरीले अात्महत्या गरेकी छन् ।
धेरै चलाएकाे भन्दै अामाले माेबाइल फुटाइदिएपछि घरबाट निस्किएकी १५ वर्षीया किशाेरी निर्मला पुनले अात्महत्या गरेकी हुन् ।
गएराती ९ बजेतिर घरबाट निस्केकी किशाेरी बिहान काेहलपुर पिपरीस्थित दुग्ध विकास संस्थान परिसरकाे रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी काेहलपुरकाे त्रिभुवन माविमा ९ कक्षामा पढ्थिन् ।
रुकुम चाैरजहारीकी निर्मला डेरा गरि अामासंगै बस्थिन । छाेरी रिसाएर घरबाट निस्केपछि राती १२ बजेसम्म खाेजतलास गरेकाे अामाले बताइन् । उनकी अामाले काेहलपुरकै एक उद्याेगमा काम गर्छिन् । मजदुरी गरेर उनले छाेरीलाई पढाएकी थिइन् ।


error: यो सुविधा उपलब्ध छैन !