नक्कली डीएसपी पक्राउ


नेपालगन्ज – बांके प्रहरीले नक्कली डीएसपीलाई पक्राउ गरेकाे छ ।
सरकारी कार्यालयहरुमा गएर त्यहांका हाकिम, कर्मचारी र सर्वसाधारणलाई अाफू सीअाईबी र अनुसन्धानकाे डीएसपी भन्ने दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय नवीन शाही भन्ने नैनसिंह विकलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले विकलाई काेहलपुरबाट पक्राउ गरेर अनुसन्धान थालेकाे छ । बांके प्रहरीले उनीबाट ठगिएकालाई सम्पर्कमा अाउन अाव्हान गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !