गाेली हानेर लागु अाैषध काराेबारी पक्राउ


नेपालगन्ज – प्रहरीले गाेली हानेर लागु अाैषध काराेबारीलाई पक्राउ गरेकाे छ ।
बांकेकाे जानकी गाउंपालिका वडा नम्बर ६ मा ठूलाे मात्रामा लागु अाैषधकाे काराेबार भइरहेकाे सूचना पाएपछि पुगेकाे प्रहरीलाई देखेपछि भे ६ प ६२०६ नम्बरकाे स्कुटीमा भागेका सुशील परियारलाई प्रहरीले गाेली हानेकाे थियाे । उनलाई तिघ्रामा गाेली लागेकाे छ । नेपालगन्जकाे भेरी अस्पतालमा उपचार भइरहेकाे छ ।
उनीसंगै रहेका शरणबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरुकाे साथबाट ११४.२५ ग्राम ब्राउनसुगर बरामद गरेकाे बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले बताए ।


error: यो सुविधा उपलब्ध छैन !