बैंकिङ कसुरमा फरार अनु पक्राउ


नेपालगञ्ज – बाँके प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका अनु थापा चन्दलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, खजुरा गाउँपालिका वडा नं. १, राधापुरकी चन्दलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको छ । २०८० बैशाख ८ गते जिल्ला अदालतले चन्दलाई ३४ लाख जरिवाना र ७ दिन कैदको सजाय सुनाएको थियो । प्रहरीले चन्दलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !