भन्सार छलीका सामान बरामद


नेपालगन्ज – बाँके प्रहरीले करिव तीन लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
प्रहरीले ढुवानीमा प्रयोग भएको दुई वटा मोटरसाइकल र तीन जना मानिसलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले भन्सार छलेर ल्याइएका माउन्टेन डिउ, कपडा, प्याज बरामद गरेको हो । प्रहरीले मानिससहित मोटरसाइकल र सबै सामान भन्सार कार्यालय पठाइदिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !