कांग्रेसकाे ध्यानाकर्षण
नेपालगन्ज – नेपाली कांग्रेस बाँकेले सार्वजनिक सेवा प्रदायक कार्यालयहरुका बारेमा पछिल्लो समय ब्यापक जनगुनासो आइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति नारायणप्रसाद गौडेलले आज एक विज्ञप्ती निकालेर छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने कार्यालयहरुमा ब्याप्त बेथिति, ढिलासुस्ती, अनियमितता र आर्थिक चलखेलका गुनासाहरु आउनुलाई दुर्भाग्यको विषय भनेका छन् । । उसले सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहिन बनाउनका लागि विशेष चासो राख्न ध्यानाकर्षण समेत गराएको छ ।
जनताका कामकाजसंग प्रत्यक्ष जोडिएका सरकारी कार्यालहरुका बारेमा विगतदेखि नै निर्माण हुँदै आएको नकारात्मक भाष्यलाई बदलिएको शासन ब्यवस्थामा पनि सुधार गर्न सकिएन भने ब्यवस्थाप्रति नै निराशा बढ्ने भन्दै सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहिन बनाउनका लागि विशेष चासो राख्न कांग्रेसले ध्यानाकर्षण गराएको छ । “ब्यापक जनगुनासो आइरहेका कार्यालयहरुमा नियमित अनुगमन र सेवा सुधारका लागि गम्भीर बन्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दछौं,” विज्ञप्तीमा भनिएको छ ।