बांकेका पत्रकारलाई अनलाइन र माेबाइल पत्रकारिता तालिम

काेहलपुर – बांकेका पत्रकारलाई अनलाइन र माेबाइल पत्रकारिता तालिम दिइएकाे छ ।

काेहलपुर नगरपालिकाकाे सहयाेगमा नेपाल पत्रकार महासंघ, बांकेले उक्त तालिम दिएकाे हाे ।

दुई दिने तालिमकाे अाइतबार काेहलपुरका मेयर पूर्णप्रसाद अाचार्यले उद्घाटन गर्नुभयाे । साे अवसरमा मेयर अाचार्यले पछिल्लाे दिनमा अनलाइन मिडिया सशक्त बन्दै गएकाे र यसप्रकारकाे तालिमले पत्रकारकाे क्षमता बृद्वि हुने बताउनु भयाे ।

उपमेयर संगीता सुवेदीले प्रविधिकाे उच्चतम प्रयाेग गर्दै सत्य, तथ्य र निश्पक्ष समाचारमा जाेड दिनुभयाे ।

महासंघका अध्यक्ष दामाेदर भण्डारीकाे अध्यक्षतामा भएकाे तालिमकाे सहजीकरण शिलापत्रका सम्पादक जनक नेपाल, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा र नसना बज्राचार्यले गरिरहनु भएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !