नयाँ वर्षकाे पूर्वसन्ध्यामा स्टारलाइटमा विशेष कार्यक्रम

नेपालगन्ज – नेपालगन्जकाे हाेटल स्टारलाइटले नयाँ वर्षकाे पूर्वसन्ध्यामा राष्ट्रियस्तरकाे कलाकारलाई ल्याएर विशेष कार्यक्रम गर्ने भएकाे छ ।

चैत्र ३० गते राती स्टारलाइटले राष्ट्रिय कलाकारकाे प्रस्तुतीसहित खानामा विशेष प्याकेज दिने भएकाे छ । हाेटलसम्बद्व कुमार मैनाली, ड्यानिल, रमित श्रेष्ठ, विनाेद बुढाथाेकीले पत्रकारसंग कुरा गर्दै सांगेतिक सांझमा कलाकार शान्ति श्री परियार, कमेडियन अादर्श मिश्र, स्मारिका ढकाल र समारिका ढकाल तथा अफ राेड ब्याण्डकाे प्रस्तुती रहने जानकारी दिनुभयाे ।

उक्त दिन प्रतिव्यक्ति एक हजार नाै सय ९९ र जाेडीलाई तीन हजार ४ सय ९९ मा खाना, स्न्याक्स, स्वागत ड्रिकसहितकाे सुविधा दिइने भएकाे छ ।

नयाँ वर्ष पूर्व विशेष उत्सवलाई भब्य बनाउन हाेटलसम्बद्व लागिपरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !