पाटे बाघकाे छालासहित कार्की पक्राउ


नेपालगञ्ज – नेपालगञ्जमा पाटे बाघकाे छालासहित एक जना पक्राउ परेका छन् ।
सुर्खेत बराहताल घर भएका २८ वर्षीय चन्द्रबहादुर कार्की बाघकाे छालासहित पक्राउ परेका हुन् ।
नेपालगञ्जकाे पुष्पलालचाेकस्थित राेयल बहाबुब हाेटलकाे १०१ नम्बर काेठामा बसेका कार्कीलाई खानतलासी गर्दा बाघकाे छाला भेटिएकाे बांके प्रहरी प्रवक्ता नारायण डांगीले जानकारी दिए । कार्कीले ९ ईन्च लम्बाई र ३ फिट २ ईन्च चाैडाई भएकाे छाला हरियाे कालाे रंगकाे झाेलामा राखेका थिए । बाघलाई कहाँ मारेर छाला ल्याइएकाे विषयमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !